सेनेगलले विश्वकप फुटबलको दोस्रो खेलमा कतारमाथि सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा सेनेगलले कतारालाई ३–१ गोल अन्तरले हराएको हो । अल थुमाम स्टेडियममा भएको खेलमा सेनेगललाई जित दिलाउन बोउलाय डाइ, फामरा दाईधु, बाम्बा दिङ्गाले एक–एक गोल गरे ।
यता कतारका लागि मोहमद मुन्टारीले एक गोल फर्काए । सेनेगलका लागि बोउलाय खेलको ४१ औं मिनेटमा गोल गर्दै सेनेगललाई अग्रता दिलाए । खेलको ४८ औं मिनेटमा फामराले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
कतारका लागि मुन्टारीले खेलको ७८ औं मिनेटमा गोल गर्दै टिमलाई २–१ खेलको अवस्थामा ल्याए ।डिङ्गाले ८४औं मिनेटमा गोल गर्दै सेनेगललाई ३–१ गेकलो जित दिलाए ।
जितसँगै सेनेगलले समूह ए मा दुई खेलबाट ३ अंक जोडेको छ । पराजित कतार भने समूह चरणबाट बाहिरिने खत्रा बडेको छ ।