क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे वडा नं. १ कार्यालयद्वारा वडाका अति विपन्न १८ घर परिवारलाई वायुमास चुल्हो निःशुल्क वितरण गरिएको छ ।
शुक्रबार वडा अध्यक्ष भीमकुमार राई, वडा सदस्यहरु पूर्ण कार्की, सुरेश कार्की, वसुन्धरा गुरुङ, आरती खाती र न्यायपालिका सदस्य विरध्वज शिवाले संयुक्त रुपमा चुल्हो वितरण गर्नुभएको थियो ।
वडा नं. १ मा ५ वटा टोल रहेका छन् । टोलमा समायोजन गरेर अति विपन्न परिवारलाई १८ वटा चुल्हो वितरण गरिएको वडा अध्यक्ष भीमकुमार राईले जानकारी दिनुभयो ।