गायकवाडले एक ओभरमा हिर्काए सात छक्का - Crazysaptahik.com

गायकवाडले एक ओभरमा हिर्काए सात छक्का

युवा ब्याट्सम्यान ऋतुराज गायकवाडले सोमबार इतिहास रचेका छन् । विजय हजारे ट्रफीमा महाराष्ट्रका लागि खेल्दै गायकवाडले उत्तर प्रदेश विरुद्धको खेलमा एक ओभरमा सात छक्का प्रहार गरेका हुन् ।

लिमिटेड ओभरको क्रिकेटमा यो उपलब्धि हासिल गर्ने उनी विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् । गायकवाडले महाराष्ट्रको इनिङ्सको ४९ औं ओभरमा यो उपलब्धि हासिल गरेका हुन् । शिव सिंहको यो ओभरमा एक बल नो बल थियो ।

यसरी यो ओभर सात बलको थियो र गायकवाडले सबै सात बलमा छक्का हाने । यो ओभरमा कुल ४३ रन बने । यस इनिङ्समा गायकवाडले १५९ बलमा २२० रन बनाएका थिए । यस क्रममा उनले १० चौका र १६ छक्का प्रहार गरे ।

गायकवाडको यो इनिङको मद्दतले महाराष्ट्रले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३३० रन बनाएको थियो । यस इनिङ्समा गायकवाडले ओपनिङ गरेका थिए । उनी बाहेक महाराष्ट्रका अन्य कुनै ब्याट्सम्यानले अर्धशतक पनि बनाउन सकेनन् ।

अंकित बावने र अजिम काजीले ३७–३७ रनको इनिङ खेले । उत्तर प्रदेशका लागि फास्ट बलर कार्तिक त्यागीले ६६ रन खर्चेर सर्वाधिक तीन विकेट लिए ।

सम्बन्धित खवर