नेदरल्यान्ड्स विश्वकपको प्रि–क्वाटरफाइनलमा प्रवेश - Crazysaptahik.com

नेदरल्यान्ड्स विश्वकपको प्रि–क्वाटरफाइनलमा प्रवेश

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो ।

अल बायात रंगशालामा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र डी योङ–योङले एक एक गोल गरे । ​गाग्पोले खेलको २६औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए ।

खेलको ४९औं मिनेटमा डी योङले गोल गर्दै नेदरल्यान्ड्सलाई अन्तिम १६ मा पु¥याए ।
नेदरल्यान्ड्सले ३ खेलबाट ७ अंक जोड्यो । नेदरल्यान्ड्स शीर्ष स्थानमा रह्यो । यसै समूहको सेनेगलले ६ अंक जोड्यो । सेनेगल पनि प्रि–क्वाटरफाइनलमा प्रवेश गर्यो ।

सम्बन्धित खवर