विश्वकप फुटबल : अमेरिका नकआउट चरणमा, इरान बाहिरियो - Crazysaptahik.com

विश्वकप फुटबल : अमेरिका नकआउट चरणमा, इरान बाहिरियो

अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको हो । अल थुमामा स्टेडियममा भएको खेलमा अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे ।

उनले खेलको ३८ औं मिनेटमा गरेको गोलले नै अमेरिकालाई जित दिलाएको थियो । जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो । यता इरान ३ अंक जोडेर प्रतियोगिताबाट बाहिरियो ।

सम्बन्धित खवर