पथरी शनिश्चरे नगरपालिकामा पल्स विश्लेषण तालिम - Crazysaptahik.com

पथरी शनिश्चरे नगरपालिकामा पल्स विश्लेषण तालिम

क्रेजी संवाददाता
पथरी । नगरको नियमन क्षत्राधिकार भित्रका सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरूको लागि पल्स विश्लेषण तालिम सुरु भएको छ ।
पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाद्वारा आयोजित तालिम तीन दिन मंगलबारदेखि कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।
नगरपालिकाको सभाहलमा भएको सो तालिमको अध्यक्षता नगर उप–प्रमुख देविमाया काफ्ले रहनुभएको थियो । उप–प्रमुख काफ्ले र नगरका आर्थिक विकास समिति संयोजक तथा वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेतले सहकारी संस्थाहरुको निर्देशनात्मक भनाइहरु राख्नुभएको थियो ।
सो तालिमको सहजीकरण जिल्ला वचत तथा ऋण सहकारी संघ लि. मोरङको सचिव जीवन बस्नेतले गर्नुभएको छ ।

सम्बन्धित खवर