यामाहा सिम्रिक दिपावली साँझमा शम्भु राईको प्रस्तुति रहने - Crazysaptahik.com

यामाहा सिम्रिक दिपावली साँझमा शम्भु राईको प्रस्तुति रहने

क्रेजी संवाददाता
पथरी । दिपावलीको उपललक्ष्यमा पथरीशनिश्चरे–१ मा स्थापित रेडियो सिम्रिकले दिपावली साँझ गर्नेभएको छ । कात्तिक २५ गते शनिबारका दिन हुने सो कार्यक्रमका मुख्य आकर्षण चर्चित गायक शम्बु राईले प्रस्तुति दिनेछन् ।
सो कार्यक्रममा लोक संस्कृति झल्किने स्थानीय कलाकारहरूको नृत्य तथा गायन रहनेछ भने रबिन कन्दङ्वा, नन्दु गुरुङ, विरध्वज शिवा र टेलिसिरियल ‘दोबाटे’कोे विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।
पथरी रत्नचौकमा हुने सो कार्यक्रमको ब्रान्ड टाइटल पी.एम.सी. अटो टेडर्स प्रा.लि. रहेको छ ।

सम्बन्धित खवर