क्रिकेटको उपाधि आइतबारे अस्त्रलाई - Crazysaptahik.com

क्रिकेटको उपाधि आइतबारे अस्त्रलाई

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे प्रीमियर लिगको उपाधि आइतबारे अस्त्रले आफ्ना पोल्टामा पारेको छ । आज गोर्खा लिजेण्ड माथि ६ विकेटले पराजित गर्दै आइतबारे नयाँ च्याम्पियन बनेको हो ।
नगरपालिकाको मुख्य सहयोग रहेको प्रतियिोगिताको फाइनल खेलमा आइतबारेका नृत्य खडोलियाको सतकीय प्रर्दशनमा आइतबारे उपाधि भित्राउन सफल भएको हो ।
टस हारेर ब्याटिङ गरेको गोर्खाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४९ रन बनायो । गोर्खाका लागि सुजन थपलियाले ७१ रन बनाए । ज्ञानेन्द्र श्रेष्ठले २६ र समित राईले १३ रन बनाए । आइतबारेका दिपेश भण्डारीले ३ दिपक नेपालीले २ र अभिषेक विकले १ विकेट लिए ।
१५० रनको लक्ष्य लिएर मैदान उत्रीएको आइतबारेले १५ ओभर ४ बलमा ४ बिकेट गुमाएर लक्ष्य पूरा ग¥यो । जसमा खडोलियाले अबिजित ११० रन बनाए । मंगेश राईले अबिजित १४ रन बनाए । गोर्खाका आभाष पाहिम र फडेन्द्र पौडेलले समान २–२ विकेट लिए ।
विजेता आइतबारे अस्त्रलाई पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापोले ट्रफ्री प्रदान गर्नुभयो । बिजेताले १ लाख ११ हजार रुपयाँ र ट्रफ्री जित्दा उपविजेता गोर्खाले ७१ हजार रुपयामा चित्त बुझायो । विधागततर्फ पनि आइतबारेका खेलाडी हाबी भए ।
यस्तैगरी उत्कृष्ट फिल्डर, म्यान अफ दि टुर्नामेन्टको आइतबारेका मोहम्मद निशार उत्कृष्ट विकेटकिपर आइतबारेकै नृत्य खडोलिया उत्कृष्ट बलर बिरेन्द्रनगर स्टिल टाइगरका सुदिप चौधरी,उत्कृष्ट ब्याटमेन गोर्खाका राज पालुङा, प्रभाशाली खेलाडिमा आइतबारेका दिपेश भण्डारी र उदयमान खेलाडीमा बुद्ध युनाइटेडका सौरब बस्नेत घोषित भए । फेयर प्ले उपाधी बिरेन्द्रनगर स्टिल टाइगरले जित्यो ।
समापन कार्यक्रममा नगरपालिका नगरका प्रवक्ता एवं वडा नं.८ का वडाध्यक्ष नविन कार्की, वडा नं. ३ का वडाध्यक्ष बिजय लिम्बु, वडा नं. १ का वडा सदस्य पूर्ण कार्की, वडा नं. ७ का वडा सदस्य सपना राई, लर्डबुद्ध साकोसका व्यवस्थापन गणेश बाछाना, रेडस्टारका सह–प्रधानाध्यापक बसन्त मादेन लगायतको उपस्थिति रहेको थियो । यस्तैगरी कार्यक्रममा खेलको समाचार सम्प्रेषणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पत्रकार अर्जुन काफ्लेलाई सम्मान गरिएको थियो ।

सम्बन्धित खवर