फिल्म ‘टाइगर ३’ ले भारतमा एकै दिनमा कमायो ४४ करोड - Crazysaptahik.com

फिल्म ‘टाइगर ३’ ले भारतमा एकै दिनमा कमायो ४४ करोड

सलमान खान र कट्रिना कैफ स्टारर ‘टाइगर ३’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । लक्ष्मीपूजाको दिनमा आइतबारको यो कमाइ बलिउडको लागि सुखद् रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बलिउड ट्रयाक एजेन्सी स्याकनिल्कका अनुसार आइतबार फिल्मले भारतभर ४४.५ करोड भारुको कमाइ गरेको छ । यो कलेक्सन दिवालीमा कुनै भारतीय फिल्मको उच्च कमाइ रहेको जनाइएको छ ।
यसअघि दिवालीमै रिलिज भएको शाहरुख खानको ‘जब तक है जान’ले १२.६० करोड नेट भारु र अजय देवगणको ‘सन अफ सरदार’ले ९.३० करोड भारुको ओपनिङ गरेका थिए । यी दुई फिल्मको संयुक्त कलेक्सन जोड्दा २२ करोड भारु हुन आउँछ । सन् २०१२ मा यी दुई फिल्म एकैदिन रिलिज भएका थिए ।
ऋतिक रोशनको दिवाली रिलिज ‘कृष ३’ ले १५ करोड भारु कमाउँदै उक्त समयमा सर्वाधिक ओपनिङ गर्ने फिल्मको रेकर्ड राखेको थियो । हिन्दी संस्करणमा मात्र ४२ करोड भारु कमाएको ‘टाइगर ३ ’ले तमिल र तेलुगू भाषा जोड्दा थप तीन करोड अतिरिक्त कमाएको छ ।
यसअघि इदमा रिलिज भएको सलमान खान स्टारर ‘भारतले’ले ४२.३० करोड भारु कमाएको थियो । तर ‘टाइगर ३’ को कमाइ शाहरुख खानको ‘पठान’ (५७ करोड भारु) भन्दा कम हो । लामो दिवाली बिदा भएकाले ‘टाइगर ३’ का लागि लाभदायक हुने अपेक्षा गरिएको छ ।
यो फिल्मले सोमबारसम्म १२० करोडभन्दा बढी कमाइ गर्ने भारतीय व्यापार विश्लेषक बताउँछन् । जसअनुसार तीन दिने कमाइ १६५ करोड भारु हाराहारीमा हुन सक्छ । सलमान र कट्रिनासहित फिल्ममा इमरान हासमीको शीर्ष भूमिका छ । यो फिल्ममा शाहरुख र ऋतिक रोशनको पनि केमियो रोल छ ।

सम्बन्धित खवर