मगर समुदायको मौलिक हुर्रा नाच यस वर्षलाई सम्पन्न, संकलित रकमबाट सामाजिक काम गर्ने - Crazysaptahik.com

मगर समुदायको मौलिक हुर्रा नाच यस वर्षलाई सम्पन्न, संकलित रकमबाट सामाजिक काम गर्ने

ईस्वर दुलाल
पथरी। मगर समुदायमा परम्परादेखि नाचिने मौलिक हुर्रा नाच सम्पन्न भएको छ । पथरीशनिश्चरे ९मा स्थापित बुढासुब्बा हुर्रा क्लब आयोजना भएको सो देउसी भैलो कार्यक्रम कार्तिक २६ गते देखी मंसिर ३ गते सम्म संचालन भएको थियो । ८५ घरधुरीका मगरहरु आटेको क्लबले १० धुरमा आफ्नो क्लबको भवन समेत स्थापना गरि सकेको छ ।

२०३२ सालमा संस्कार, संस्कृतीको जगेर्ना गर्ने उदेश्यले संचालन गरिएको देउसी भैलो हुर्रा न्यृत्य २०७८ आएर कानुनी रुपमा बुढासुब्बा हुर्रा क्लबनै गठन गरि पथरीशनिश्चरे ९ का मगर समुदायले लोभ हुने अवस्थामा रहेको आफ्नो संस्कृतीको जगेर्नामा लागेका छन् ।

क्लबले देउसी भैलोबाट संकलन गरिएको रकमलाई विभिन्न सामाजिक काममा सहयो गर्दै आएको छ । अग्नी पिडित, मृगौला पिडित, आर्थिक विपन्न परिवारलाई आर्थिक सहायता, सडक बत्ति जडान लगायतको सामाजिका कार्य गर्दै आएको क्लबका अध्यक्ष दिपक कुमार मगर (झाकुटे)ले जानकारी दिनु भयो । यस वर्ष के–के कुरामा सामाजिक कार्य गर्ने भन्ने बारे समितिका सदस्यहरु बसेर छलफल गरि वार्षीक कार्यतालिका तयार पारि सधा झै सामाजिक कार्यमा अघि बढ्ने क्लबका सचिव चन्द्रकला मगरले जानकारी दिनु भयो ।

सम्बन्धित खवर