पथरी बहुमुखी क्याम्पसद्वारा बिना घिमिरे सम्मानित - Crazysaptahik.com

पथरी बहुमुखी क्याम्पसद्वारा बिना घिमिरे सम्मानित

क्रेजी समाचारदाता
पथरी । स्नताक तह बीबीएस चौथो वर्षमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुन सफल छात्रा बिना घिमिरेलाई पथरी बहुमुखी क्याम्पसले सम्मान गरेको छ ।
पथरी बहुमुखी क्याम्पसमा अध्ययनरत पथरी शनिश्चरे वडा नं. ३ कि घिमिरेलाई आज एक औपचारिक कार्यक्रमको आयोजना गरी क्याम्पसको सभाहलमा सम्मान गरिएको हो ।

क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्राध्यापक संघ र स्ववियुले पनि सम्मान गरेको थियो । क्याम्पसको तर्फबाट नगद रु. २० हजार र सम्मान पत्र र प्राध्यापक संघले नगद रु. ३० हजार र सम्मान पत्रले सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा पथरी क्याम्पस संचालक समिति सदस्य उमानाथ अधिकारी, पथरी क्याम्पस प्राध्यापक संघका अध्यक्ष उपेन्द्र बस्नेत, स्ववियु सभापति केशर राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
निवर्तमान क्याम्पस प्रमुख चेतन पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा सम्मानित बिना घिमिरेको बुबा टंकप्रसाद घिमिरे, प्राध्यापकहरु र विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर