स्व. वान्तवाको पुण्यतिथिमा शैक्षिक सामग्री र न्यानो कपडा वितरण - Crazysaptahik.com

स्व. वान्तवाको पुण्यतिथिमा शैक्षिक सामग्री र न्यानो कपडा वितरण

क्रेजी संवाददाता
मिक्लाजुङ । स्व. तिलक बान्तावा राईको तेस्रो पुण्यतिथिमा परिवारजनले ८० जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ ।

मिक्लाजुङ–१ टाँडी मोरङमा रहेको टाँडी माविमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रबार कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको हो ।
स्व. वान्तावाका धर्मपत्नी बिष्णु बान्तावा, छोराद्वय सुमन र दिपक, छोरी ज्वाइँ तथा परिवारका भाइ आफन्त विद्यालयका शिक्षक अभिभावकहरुको उपस्तिथिमा वितरण गरिएको थियो ।

इमान्दार राजनीतिक नेता तथा व्यवसायीको रुपमा स्थापित भएर वि.सं. २०७७ मंसिर ९ गतेको कोरोना भाइरस संक्रमण भएर ६६ वर्षको उमेरमा राईको निधन भएको थियो । वि.सं. २०११ कात्तिक १२ गतेको दिन टाँडी गाउँ पञ्चायत, बतासे हाल मिक्लाजुङ गाउँपालिकामा जन्मनु भएका राईले पथरीशनिश्चरे १ मोरङलाई कर्मथलो बनाएर साविक पथरी गाविसका अध्यक्ष समेत निर्वाचित भएका थिए ।
तिलक बान्तावा राई स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक “तिलक बान्तावा राई स्मृतीग्रन्थ” मा १ सय २५ जना लेखकहरुले स्मरण गर्दै योगदानको स्मरण गरेका छन् ।

सम्बन्धित खवर