कान्छाराम कन्ट्रक्सनको लापरबाही स्थानियले गरे सड्क बन्द - Crazysaptahik.com

कान्छाराम कन्ट्रक्सनको लापरबाही स्थानियले गरे सड्क बन्द

ईस्वर दुलाल
पथरीशनिश्चरे
। मोरङ पथरीशनिश्चरे नगरपालिका भएर दक्षिण जाने मनमोहन गान्धी सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय उपभोक्ताहरुले बन्द गरेका छन् । कान्छाराम कन्ट्रक्सन प्रा.लि. द्वारा निर्माधिन सडक अलपत्र हुदाँ पथरीशनिश्चरे ९ को शनिश्चरे चोक, महेन्द्र चोक, र रिगुवा चोकमा स्थानीय उपभोक्ताहरुले आज बिहानै ढाट राखेर सडक बन्द गरेका हुन् ।

कान्छाराम कन्ट्रक्सनको लापरबाही र ढिलासुस्तीको कारण बर्खामा हिलो र हिउदमा धुलोका कारण कष्टकर तथा जोखीम पूर्ण यात्रा गर्न वाध्य रहेका यात्रु तथा स्थानीयबासीको स्वास्थमा समेत असर गरिरहेको सुमन वनेम लिम्बूले जानकारी दिए । लामो समयदेखि सडक निर्माण बन्द भएको थियो ।

कान्छाराम कन्ट्रकसनका प्रोपाईटर पूर्णबहादुर तामाङ (कान्छाराम) नेपाली काँग्रेस रामेछाप जिल्ला बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित साम्सद पनि हुन ।

सडक कालो पत्रे समयमा नभएर अलपत्र छाडिदा यातायातमा असहज हुनुको साथै स्वास्थमा गम्भीर असर परेको भन्दै नगरको वडा नं. ४, ८ र ९ का अध्यक्षहरुले कातिक २१ गते संयुक्ता ध्यान आक्रमण पत्र सार्बजनिक गर्दै उपभोक्ताबाट आउन सक्ने प्रतिरोधको जिम्मा स्वयम् निर्माण कम्पनीले लिनु पर्ने जनाएको थियो ।

सम्बन्धित खवर