पथरी बहुमुखी क्याम्पसमा ७५ लाखको प्रशासनिक भवनको निर्माण - Crazysaptahik.com

पथरी बहुमुखी क्याम्पसमा ७५ लाखको प्रशासनिक भवनको निर्माण

ईस्वर दुलाल
पथरी ।
नेपालकै उत्कृष्ट नतिजा ल्याउन सफल पथरी बहुमुखी क्याम्पसमा प्रशासनिक भवन निर्माण भई रहेको छ । पथरीशनिश्चरे १ मा स्थापित क्याम्पसले युजीसी अनुदान द्वारा ७५ लाखको प्रशासनिक भवन निर्माण गरेको हो । भवनको गत कार्तिक २० गते सिल्यान्यास गरिएको थियो ।

भवन ६ कोठाको निर्माण हुने छ । जहाँ पुस्तकालय, लेखा शाखा, परिक्षा शाखा र क्याम्पस प्रमुखको कक्ष रहने पथरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शान्तीराम तिम्सिनाले जानकारी दिनु भयो ।

स्नातक तह बि.एड, बि.बि.एस, बि.एस.डब्लु तथा बि.ए अध्यान गराई रहेको क्याम्पसले क्युएए प्रकृया सकि फिल्ड भिजिडको तयारी गराई रहेको छ । भने सोहि क्यम्पसमा अध्यानरत छात्रा बिना घिमिरेले बिबिएस चौथो वर्षमा नेपालकै उत्कृष्ट अंक ८५.८ प्रतिशत सहित उत्तीर्ण भएकी थिईन् ।

सम्बन्धित खवर