गीतकार मोहन हेक्चाइको गरौँ रमाइलो सार्वजनिक - Crazysaptahik.com

गीतकार मोहन हेक्चाइको गरौँ रमाइलो सार्वजनिक

क्रेजी संवाददाता
काठमाण्डौँ। बिगत लामो समय देखि अमेरिकामा बस्दै आएका गीत रचनाकार मोहन हेक्चाइ मगरको एक पछि अर्को साङ्गीतिक कोसेली सार्वजनिक हुदै छ । सोहि क्रममा गराँै रमाइलो टाईटलमा रहेको नयाँ गीत भर्खरै सार्बजनिक भएको हो ।

सौगात जङ थापाको सङ्गीतमा रहेको उक्त गीतमा गायिका अन्नु चौधरी र बिसाल निरौलाले आवाज दिएका छन । मोहनले बिगतका दिनमा सधैभरी आकाशैमा नामक गीत रचना गरि सार्वजनिक गरिसकेका थिए भने यो उनको अर्को कोशेली हो ।

फेमस एच डि टिभी युटब च्यानलबाट सार्बजनिक भएको उक्त गितमा ग्रामिण भेगका टिपिकल शब्दहरुलाई प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई हरि गुरुङले निर्माण गरेका हुन ।

भिडियोः

सम्बन्धित खवर