बेलबारी खेलकुद प्रवद्र्धन तथा साँस्कृतिक महोत्सव १७ गतेदेखि - Crazysaptahik.com

बेलबारी खेलकुद प्रवद्र्धन तथा साँस्कृतिक महोत्सव १७ गतेदेखि

क्रेजी संवाददाता
लक्ष्मीमार्ग । मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा यही मंसिर १७ गतेदेखि बेलबारी खेलकुद प्रवद्र्धन तथा साँस्कृतिक महोत्सव–२०८१ हुनेभएको छ ।
लक्ष्मीमार्गको स्थानीय एल. एक्स. सिटी फुटबल क्लबको आयोजनामा १७ दिने महोत्सव हुन लागेको शनिबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । स्थानीय कलाकारको प्रतिभा प्रष्फुटन गर्ने वातावरण सिर्जना गर्नु, स्थानीय जातजातिको खानपानको विशेषता चिनाउनु, बेलबारीलाई नेपालमै चिनाउन मद्दत गर्नु, जातजातिका झाँकी सहितको साँस्कृतिक कार्यक्रम गरी परिचित गराउनु, स्थानीय खेलकुद प्रवद्र्धन तथा व्यवसायको स्तरवृद्धि गर्नु, बेलबारी नगरको पर्यटकीय स्थललाई परिचित गराउने हेतुले महोत्सब आयोजना गर्न लागिएको महोत्सबका संयोजक नुतन मादेनले जानकारी दिनुभयो । महोत्सवमा चर्चित र ख्यातीप्राप्त कलाकार र ब्याण्डहरुको दैनिक प्रस्तुति रहनेछ । महोत्सवको उद्घाटनको दिन सविन राई एण्ड फारोहले सांगीति प्रस्ुतुति दिने बताइएको छ । सो महोत्सवमा ६५ लाख खर्च हुने र ७० लाख आम्दानी हुने अनुमान गरिएको छ ।

सम्बन्धित खवर