पथरी शनिश्चरेमा प्याब्सन भलिबल टुर्नामेन्ट सुरु - Crazysaptahik.com

पथरी शनिश्चरेमा प्याब्सन भलिबल टुर्नामेन्ट सुरु

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा प्याब्सन भलिबल टुर्नामेन्ट सुरु भएको छ ।
आज प्याब्सन नगर कार्य समिति पथरी शनिश्चरेले आयोजना गरेको नगर स्तरीय निजी तथा संस्थागत विद्यालयहरूमा अध्ययन गर्ने छात्र छात्राहरूको खेल क्षमता र प्रतिभा प्रस्फुटन गर्ने हेतुले सो प्रतियोगिता आयोजना गरेको हो ।
छात्र तथा छात्रा दुवै तर्फको भलिबल प्रतियोगिता भूपू सैनिक अंग्रेजी स्कुलमा संचालन भइरहेको छ । शनिबारसम्म सञ्चालन हुने उक्त प्रतियोगिता अन्तर्गत आजको खेलहरूमा छात्रतर्फ एभरेस्ट बोर्डिङ स्कुलले बालजागरण विद्यालयलाई पराजित गरेको थियो भने अरूणोदय विद्यालयले न्यु प्यागोडा बोर्डिङलाई पराजित गरेको थियो ।
यस्तै अन्नपूर्णले भूपू सैनिकलाई पराजित गरेको थियो भने रेडस्टार माविले प्याराडाइज बोर्डिङ स्कुललाई पराजित गरेको थियो ।
शनिबारको खेल एभरेष्ट बोर्डिङ र वाल्मीकि बीच हुनेछ भने रेडस्टार माविले अन्नपूर्ण बोर्डिङ स्कुलसित प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ ।
यसैगरी छात्रातर्फको प्रतियोगितामा भूपू सैनिकले बालजागरणलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ भने न्यू पेगोडाले अरुणोदयलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । प्रतियोगितामा रेडस्टारले अन्नपूर्णलाई पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको हो । भोलिको खेलमा भूपू सैनिक र एभरेस्ट बोर्डिङ स्कुल बीच खेल हुनेछ भने रेडस्टार मावि र अरुणोदय बोर्डिङ बीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.