
क्रेजी संवाददाता
विराटनगर । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा स्थापित एभरेष्ट बोर्डिङ स्कुलले जिल्लास्तरीय प्याब्सन लोक नृत्य प्रतियोगिताको उपाधि चुमेको छ ।
शनिबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङले आयोजनाको सो प्रतियोगितामा एभरेष्टले प्रथम स्थान हासिल गरेको हो । विराटनगरमा अवस्थित आरोहण गुरुकुलमा भएको जिल्ला स्तरीय प्याब्सन लोक नृत्य प्रतियोगिता २०८२ मा जुनियरतर्फ पथरी शनिश्चरेको एभरेष्टले प्रथम स्थान, बेलबारीको आदर्श सेकेन्डरी स्कूलले द्वितीय र हरैचा मोडल सुन्दरहरैचा तृतीय स्थान, लिटलबुद्ध डाँगीहाट बेलबारी र श्री कान्तिपुर सेकेण्डरी स्कूल विराटनगर सान्त्वना स्थान हासिल गरे । पथरीको पहिलो निजी विद्यालय एभरेष्टले एकपछि अर्काे सफलता हासिल गर्दै गइरहेको छ ।
यसैगरी सिनियरतर्फ मोरङ मेरिगोल्ड प्रथम, एभरेष्ट द्वितीय, रेडस्टार तृतीय, माउण्ट एभरेष्ट बेलबारी र मोडर्न एरा सेकेण्डरी स्कूल विराटनगर र श्री सिद्धार्थ सेकेण्डरी स्कूल सुन्दरहरैचा सान्त्वना हुन सफल भएका छन् ।


