झापाको अर्जुनधारामा ॐकार आर्ट एकाडेमी सञ्चालन - Crazysaptahik.com

झापाको अर्जुनधारामा ॐकार आर्ट एकाडेमी सञ्चालन

अर्जुनधारा: झापाको अर्जुनधारा–१० स्थित कालीस्थानमा ॐकार आर्ट एकाडेमी सञ्चालनमा आएको छ ।अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले शनिबार आज एक कार्यक्रमका बीच आर्ट एकाडेमीको उद्घाटन गरेका छन् । आर्ट एकाडेमी उद्घाटन गर्दै नगरप्रमुख रानाले स्थानीय स्तरमै आर्ट एकाडेमी खुलेकोमा खुसी व्यक्त गरे ।

उनले अर्जुनधारा नगरमा बसोबास गर्ने बालबालिका तथा युवा–युवतीमा लुकेर रहेको कला प्रस्फुटमा सहयोग मिल्ने भन्दै एकाडेमी खुलेकोमा खुसी ब्यक्त गरे ।

गाउँघरमा रहेको प्रतिभा उजार गर्ने उद्देश्यले ॐकार आर्ट एकाडेमी सञ्चालनमा ल्याइएको सञ्चालक चिरञ्जिवी अधिकारीले जानकारी दिए । ‘सुरुमा १० लाख रुपैयाँको लागतमा आर्ट एकाडेमी सञ्चालनमा ल्याएका हौँ’, अधिकारीले भने, ‘पछि लगानी थप गर्दै बृहत रुपमा अघि बढाउँछौँ ।
हाल आर्ट एकाडेमी अर्जुधाराको तीन स्थानमा सञ्चालनमा ल्याइएको छ । अर्जुनधाराको कालिस्थानसँगै कप्तानबारी र लक्ष्मीपुरमा समेत आर्ट एकाडेमी सञ्चालनमा ल्याएको हो । आर्ट एकाडेमी गायन, नृत्य र अभियन सिकाइने छ ।

लोक सांस्कृतिक, जुम्बा, साल्सा लगायतका विधामा नृत्य सिकाइने सञ्चालक अधिकारीले बताए । ‘म पनि कलाकार हुँ’, सञ्चालक अधिकारीले भने, ‘नेपाली चलचित्र बिन्दास लाइफमा मूख्य कलाकारको भूमिका निर्वाह गरेको छु र मैले दर्जनौँ म्युजिक भिडियोमा समेत अभिनय गरेको छु ।

आफू कलाकार भएको र कलाकारितामा झुकाव रहेको अन्य आयमूलक क्षेत्र भन्दा कलाकारिता क्षेत्रमै लगानी गरेको अधिकारीले बताए । कार्यक्रममा अर्जुनधारा नगरपालिका–१० का वडाध्यक्ष बलदेव गोम्देन लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर