निर्मलाको निम्ति न्याय माग्दै बिध्यार्थी संगठनको प्रदर्शन - Crazysaptahik.com

निर्मलाको निम्ति न्याय माग्दै बिध्यार्थी संगठनको प्रदर्शन

पथरीशनिश्चरे – “निर्मला पन्तको बलात्कारपछिको हत्या भएको ४ महिना बितीसक्दा सक्दा पनि अपराधि पक्राउ गर्ने सकेको छैन” । निर्मला पन्तको न्यायको लागी देशै भर सरकारको चर्को आलोचना भैरहेको बेला मोरङ स्थित पथरी बहुमुखी क्याम्पसको स्ववियू संगठनले निर्मला पन्तको न्यायका लागी सरकार संग माग गरेको छ । पथरी बहुमुखी क्याम्पस बाट “पोल पोलमा सरकार टोल टोलमा बलत्कार” भन्ने नारा लीएर निस्केको -र्यालीले पथरीशनिश्चरे नगरपालिकाको कार्यलयमा लगेर पोस्टर पम्पेल्ट टासेका थिए । निर्मलाको न्यायका निम्ति हिडेको बिध्यार्थी संगठनले चोक चोकमा साथै गाडीहरुमा समेत पोस्टर तथा स्टिकर टासेका  थिए ।

निर्मला पन्तको न्यायको लागि आन्दोलन गर्दा नेपाल बिध्यार्थी संघले आफ्नो नेतालाई प्रधान मन्त्री बनाउन आन्दोलन गरेको हैन । चेलि बेटिहरु दिनहु बलत्कार भैरहेको र सरकार लाचार भएको अवस्थामा आज हामी छोरा मान्छेहरु मुखदर्शक हुनु परेको छ, भन्दै नेबि संघ मोरङ क्षेत्र नं ३ का सभापती होमनाथ पोख्रेलले भने “बलत्कार पछि घाटी थिची हत्या हुन्छ, अनि सरकार न्याय दिनको साटो कुनै धर्मको प्रचारमा सहआयोजक भएर सुरक्षा दिन र नेपाली जनता चड्ने गाडी रोक्न तयार हुन्छ” यस्तो परिपाटीको अन्त्य हुनु पर्छ ।

अनेरास्ववियूका नेता बिबेक न्यौपानेले चर्को स्वरमा भने “सरकार भेटीयो न्याय भेटीएन” भनिरहेको अवस्थाामा सरकारले चाडो भन्दा चाडो बलत्कारी पत्ता लगाई समस्या समाधान गर्नु पर्छ । “निर्मलाकी आमाले निर्मलाको ज्यान मागेको हैन केवल दोशीलाई कार्वहीको माग गरेको हो । सरकारले यो कुरा पुरा गर्नुपर्छ । उनले कुरा थप्दै भने ।

“निर्मला एउटा पतिनीधी पात्र भएकाले आफु पनि स्वयम निर्मला भएको भन्दै आफु असुरक्षीत रहेको बताउदै, ‘ढिलो न्याय दिएको भन्दा न्याय नदिएकै जाति’ निर्मलालाई बिभिन्न पार्टीले इस्यू बनाइरहेको बेला जब सम्म पार्टी र जाती भन्दा माथी नउठे सम्म यस्ता घटना दिनहु दोहोरीन्छ ।”  कोण सभामा बोल्दै बिध्यार्थी नेत्री एलिना दियालीले भनिन् ।

भिडियो:

सम्बन्धित खवर