मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु - Crazysaptahik.com

मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु

मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु भएको छ ।
लहान सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका वृद्धाको उपचारको क्रममा मृत्यु भएको हो । स ५ प ९७४२ नं को मोटरसाइकलबाट हिजो साँझ लडेर गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार गोलबजार नगरपालिका– ८ चन्द्रलालपुर निवासी ७० वर्षीया बिशु मण्डलको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले बताएको छ ।

मोटरसाइकल चालक सिरहाको अर्नामा गाउँपालिका– ३ निवासी १९ वर्षीय रामसागर महत्तो फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर