प्रचण्ड पत्नी सीतालाई कुन रोग लागेको हो ? बताए प्रचण्डले - Crazysaptahik.com

प्रचण्ड पत्नी सीतालाई कुन रोग लागेको हो ? बताए प्रचण्डले

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता पौडेल दाहाल लामो समयदेखि अस्वस्थ रहेकी छन् । अध्यक्ष प्रचण्डले उनलाई उपचारका लागि सिंगापुरदेखि मुलुकभित्रकै विभिन्न धार्मिक स्थलसम्म लिएर गएका थिए । तर, उनलाई निको भने भएको छैन । प्रचण्ड पत्नी सीतालाई कुन रोग लागेको हो ? यसबारे प्रचण्ड आफैंले बताएका छन् । उनकाअनुसार सीतालाई ‘पार्किन्सन’ रोग लागेको छ । यो रोग वंशानुगत हो ।

यही रोगको निदानका लागि कात्तिक २६ मा पत्नी सीतालाई लिएर प्रचण्ड म्याग्दीको तातोपानी पनि पुगेका थिए । मस्तिष्कमा रहेको नसासम्बन्धी समस्या नै पार्किन्सन रहेको चिकित्सकहरु बताउँछन् । वंशानुगत कारणले भएको पार्किन्सन निको पार्न नसकिने उनीहरुको भनाइ छ ।

काठमाडौंमा शुक्रबार सोसाइटी अफ लाइफ साइन्सेस नेपाल र डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टरले गरेको कार्यक्रमलाई प्रचण्डले सम्बोधन गर्ने क्रममा पत्नी सीताको रोगका बारेमा कुरा राखेका थिए । प्रचण्डले कार्यक्रमको उद्घाटन पनि गरेका थिए ।

सम्बन्धित खवर