ट्रिपरको ठक्करबाट बाबु छोराको मृत्यु - Crazysaptahik.com

ट्रिपरको ठक्करबाट बाबु छोराको मृत्यु

दमक- झापाको दमकमा ट्रकको ठक्कर बाट बाबु छोराको मृत्यु भएको छ ।

दमक चोक ट्राफिक कार्यालय जाने बाटो छेउमा भारतिय ट्रकले मोटरसाइकल लाइ ठक्कर दिदा मोरङ पथरीशनिश्चरे ९ (हाट खोला)का ६५ बर्षिय धनबहादुर गिरि र छोरा २९ बर्षिय खेमकुमार गिरी (हेम) को मृत्यु भएको हो । बिजुलीकाे समान लिएर फर्कदै गर्दा बाबुछोरा दुर्घटनामा परेकाे बताईएको छ ।  को ३२ प ७९४५ नम्बरको पल्सर बाएकलाई नम्बर नखुलेको भारतिय ट्रकले ठक्कर दिदा उनिहरुको मंगलबार दिउँसो मृत्यु भएको हो । उनिहरुको शब लाइफलाइन अस्पताल दमकमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर