सेवाग्रहिको काममा ढिला सुस्ती गर्दै घुस लिने पथरीशनिश्चरे नगरपालिका - सेटिङको अखडा बन्दै - Crazysaptahik.com

सेवाग्रहिको काममा ढिला सुस्ती गर्दै घुस लिने पथरीशनिश्चरे नगरपालिका – सेटिङको अखडा बन्दै

कुमार खड्का-, पथरी
मोरङको पथरीशनिश्चरे नगरपालिका सेटिङको अखडा बन्दै गएको घर नक्सा सम्वधी काम गर्ने कन्सल्टेन्सि सञ्चालक हरुले बताएका छन् ।
पथरीशनिश्चरे नगरका इन्जिनियर अरुण घिमिरे क्षेत्रीले व्यक्तिगतरुपमा नगरपालिका भित्रै कन्चनेश्वर कन्सल्टेन्सी संचालन गर्दै आएको निजि कन्सल्टेन्सि सञ्चालक हरुको दावी रहेको छ ।
सो कल्सन्टेन्सीमा असिस्टेन सव इन्जिनियर सञ्जु श्रेष्ठ कर्मचारी राखेर संचालन गरेको र हप्तामा दुई पटक घर विदा लिएर कन्चनेश्वर कन्सल्टेन्सीको काम गर्ने तर सेवा ग्राहिको काममा ढिला सुस्ती गर्ने गरेको कन्सल्टेन्सी संचालकहरुले बताएका छन् ।
नगरमा घरजग्गा नक्सा पासमा स्कुवार फुटको कुल रकमको ५० प्रतिशत धरौटी नगरको खातामा राख्नु पर्ने प्रावधान छ । घर निर्माण गरिसके पछि ५० प्रतिशत रकम राखेको भौचर सहित निवेदन लिएर फिर्ता रकम माग्दा इन्जिनियर घिमिरे क्षेत्रीले सहि गर्न आलटाल गर्दै आएको पिडित पक्षको भनाई रहेको छ ।

घर नक्सा पास सम्बन्धि काम गर्दा नगरका १६ जनाको घर बनाउँदा नगरमा राखेको धरौटी रकम काम सम्पन्न पछि फिर्ता माग्न जादा फिर्ता दिन नमाने पछि यस्तो रहस्य बाहिर आएको हो ।
घिमीरेको यस्तो चरित्रले अहिले सम्म नगरका १६ जना नागरिक पिडित बनिसकेको पिडित मध्येका एक काशिदत्त अधिकारीले बताएका छन् । सेवाग्रहिको काममा ढिला सुस्ती गर्दै घुस लिने गरेको स्थानिय कन्सल्टेन्सि सञ्चालक हरुको भनाई रहको छ ।
इन्जिनियरको व्यक्तिगत कन्चनेश्वर कन्सल्टेन्सीमा सर्वसाधरणले काम गर्दा छिटो गरिदिने र अरु निजि कन्सल्टेन्सीबाट आएको काम रोकिदिएर दुःख दिने गरेको ग्रिनल्याण्ड इन्जिनियरिङका संचालक हेमन्त विष्टको भनाई रहेको छ ।

कन्सल्टेन्सी संचालक हेमन्त बिष्ट भनछन्–“ इन्जिनियर फिल्डमा गएर पनि घुस माग्ने र प्राविधिक फाटमा नवसेर प्रशासन फाटमा बस्ने गरेकोले सेवाग्राहिले खोज्न र बोलाउन दुःख पाउने गरेका छन्” ।

इन्जिनियर घिमिरे क्षेत्रीले सेवा ग्राहिको काममा आलटाल गर्दै आएको बिषयमा गत जेठमा नगरको न्यायिक समितिमा छानविनको लागी मुद्दा लगाए पनि अहिले सम्म सुनुवाई नहुँदा सेवा ग्राहि झन मर्कामा पर्दै गएको र घिमिरेको मनोवल बढ्दै गएको उनि बताउछन् ।
यस बिषयमा प्रमुख प्रशासकिय अधिकृत सूर्यप्रकास गौतमले पनि नसुनेकोले केहि कमिसन अधिकृतलाई पनि पुग्ने उनिहरुले बताएका छन् ।


घर बनाउँदा नगरमा राखेको धरौटी रकम काम सम्पन्न पछि फिर्ता माग्दा दिन आलटाल गर्दै निजी कन्सल्टेन्सि सञ्चालक बाट सेवा लिने सेवा ग्राहिलाई दुख दिन थालेपछि मंगलबार कन्सल्टेन्सी संचालकहरुले पत्रकार सम्मेलनको आयोजना गरी सर्वसाधरणको काम गर्न नगरको कर्मचारीले घुस माग्ने गरेको रहस्य खुलाएका हुन ।
सोहि बिषयमा मंगलवार नै नगरपालिकाका नगरप्रमुख दिलिप कुमार राईलाई छानविन गरी पाऊ भन्ने विज्ञप्ती सञ्चालक हरुले बुझाएका छन् । ग्रिनल्याण्ड इन्जिनियरिङ संचालक हेमन्त विष्ट, सिड प्लान इन्जिनियरिङ संचालक मान वहादुर दियाली, सिल्वर एण्ड क्याड इन्जिनियरिङ सन्तोष गुुरागाई, गेलबल ऐटुजेट संचालक भिमकुमार बस्नेत लगाएतको हस्ताक्षरीत विज्ञप्ती नगर प्रमुख लाई बुझाएका छन् । अहिले नगरमा सुचिकृत भएर संचालनमा ६ वटा कन्सल्टेन्सीहरु रहेका छन् ।
यता इन्जिनियर अरुण घिमिरे क्षेत्रीले आफुलाई घुस खाएको आरोप मात्र लगाएको बताउँदै सबै सेवा ग्राहिको काम तलमाथि नगरी गरेको बताए ।
उनि भन्छन् –“ कन्सल्टेन्सी संचालक आफै इन्जिनियर होइन । ओभरसियरको पनि सटिफिकेट छैन उनिहरुसँग । अरु इन्जिनियरलाई सहि गराएर ल्याउँछन् अनि कसरी गर्नु ?
म गैरकानुनीरुपमा गलत काम कहिले गर्दिन, आफुले नगरमा जागिर नखादा मेरो पनि थियो कन्सल्टेनसी तर अहिले छैन अहिले मेरो मामाको छोराले चलाउछ । मैले नगरमा राम्रो काम गरेको थिए अव झन कडाई गर्छु । ”
त्यसैगरी यस बिषयमा प्रमुख प्रशासकिय अधिकृत सूर्यप्रकास गौतमलाई बुझ्दा साविक नक्सा पास गरेको ठाउँमा घर निर्माण सम्पन्न भएमा धरौटी रकम फिर्ता गर्ने गरेको उनि बताउछन् ।
दुई तला भनेको ठाउँमा एक तला मात्र बनाएर नक्सा सम्शोधन गरेको केशमा फिर्ता हुँर्दैन । साविक नै निर्माण बनेको छ भने हामी फिर्ता गर्ने छौँ । उनिहरुले यो कमिसनको आरोप मात्र लगाएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.