झापाका राेक्का दम्पतिले गरे पुण्यकाे काम चार वर्षदेखि एकल जीवन बिताएकी बुहारीलाई छोरी बनाएर कन्यादान गरे - Crazysaptahik.com

झापाका राेक्का दम्पतिले गरे पुण्यकाे काम चार वर्षदेखि एकल जीवन बिताएकी बुहारीलाई छोरी बनाएर कन्यादान गरे

झापा –  शिवसताक्षी नगरपालिका–११ बच्चाबगरका एक रोक्का दम्पत्तिले आफ्नै बुहारीलाई छोरीको रूपमा अन्माएका छन् । छोराको स्वर्गारोहण पछि चार वर्ष एकल जीवन बिताएकी अनुशालाई ससुरा खिलबहादुर (बुवा) र सासु भगिमाया रोक्का (आमा) बनेर हिन्दु संस्कार अनुसार अन्माएका हुन् । शिवसताक्षी–१० को माइधामस्थित मन्दिरमा सोमबार मोरङ हसन्दहका गोविन्द अधिकारी र अनुशाले विवाह गरेका हुन् । अनुशाका श्रीमान् टिकाको चार वर्षअघि कलेजोको क्यान्सर भएर स्वर्गारोहण भएको थियो। उनको चार वर्षको छोरा छ । अनुशालाई बुहारी बनाएररोक्का दम्पत्तिले झापाको बनियानीबाट०६९ सालमा ल्याएका थिए।वैदेशिक रोजगारमा हुँदा श्रीमतीले दोस्रो विवाह गरेपछि गोविन्द एकल भएकाथिए । उनका छ वर्षका छोरा छन् ।  बुहारीलाई बेहुली बनाएर जग्गेमा राखेदेखि ससुरा खिलबहादुर पटक – पटक भक्कानिएका थिए ।

‘यतिको इमानदार र भद्रस्वभावकी बुहारी मेरो बंशमा फेरि आउन त के कुरा जन्मन पनि जन्मँदैनन्,’ खिलबहादुरले भने, ‘२४ वर्षमै बुहारी एकल हुनुपर्यो। दैवले छोरा चुढेर लगे पनि बुहारीलाई छोरी बनाएर भविष्य खोजिदिएको हुँ । ’गोविन्दले अनुशालाई मागेरै विवाह गरेका हुन्।

‘हामीलाई प्रस्ताव आयो ।  हामीले उनलाई सल्लाह दियौं,’ अनुशाका ससुरा खिलबहादुरलले भने, ‘तिमी हाम्रो पहिला बुहारी थियौं, अब छोरी बनाएर विवाह गरिदिँदैछौं के छ तिम्रो इच्छा भरेर सोध्यौं ।’ छोरीकै रुपमा हेरिदिने हो भने र राम्रो परिवार छ भने हुन्छ भनीअनुशालले स्वीकृति दिइन्।कलिलै उमेरमा जो कसैको पनि भविष्य बर्बाद पार्नु हुँदैन भनेर माइती पक्षको सल्लाहमा विवाह गरिदिएको खिलबहादुरले बताए । अनुशाका नव दुलाहा गोविन्दले भने, ‘परिवारको सल्लाह अनुसार अनुशालाई नवदुलहीको रुपमा भित्र्याउन लागेको हुँ।

अनुशा र गोविन्दको पहिलो भेट दोस्रो विवाहको जग्गेमै भएको हो। सामाजिक सञ्जालको फेसबुकमा मात्र गोविन्दले अनुशाको तस्बिर हेरेका थिए। अनुशाले आफ्ना सासु–ससुरालाई तपाईंहरूले हेरेपछि मैले हेर्नु पर्दैन भनेपछि विवाहको कुरा अघि बढेको हो।
भिडियो:

सम्बन्धित खवर