पथरीशनिश्चरेमा खुल्ला नकआउट भलिबल सुरु, कती छ त प्रथम पुरस्कार राशी ? - Crazysaptahik.com

पथरीशनिश्चरेमा खुल्ला नकआउट भलिबल सुरु, कती छ त प्रथम पुरस्कार राशी ?

पथरी शनिश्चरे- मोरङको पथरीशनिश्चरे ९ महेन्द्रचोकस्थित नवप्रतिभा सामाजिक क्लबले ८१ हजार रुपैयाँ प्रथम पुरस्कार सहितको खुला नकआउट भलिवल प्रतियोगिता सुरु गरेको छ ।

प्रतियोगिताको आज एक कार्यक्रमकाबीच पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले उद्घाटन् गर्नुभयो ।
नेपाली हातेमालो उच्च कमिटी साउदी अरवका संस्थापक अध्यक्ष टेकबहादुर कटुवाल सहितको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा १ नम्वर प्रदेशका १० टिमको सहभागिता रहेको छ ।


प्रतियोगितामा, उद्घाटन् खेल आयोजक ए र पथरीशनिश्चरे २ बीच भएको छ । सो खेलमा आयोजक ए २५-१६ र २५-१८ को सोझो सेटमा बिजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ। आज नै सम्पन्न दोस्रो खेलमा आयोजक बि ले लक्ष्मिमार्गलाई २५-१७ र २५-२२ को सोझो सेटमा हराएको छ।त्यस्तै शसस्त्रको एपिएफ र याङ्सिला बिच हुने भनिएको तेस्रो खेलमा यङसिला अनउपस्थित रहे पछि वाक ओवरको आधारमा एपिएफले खेलमा जित हात पारेको छ। आज नै भएको अर्को खेलमा शसस्त्रको एपिएफले श्रीजंगा धार्मिक बनको टोलिलाई २५-४ र २५-१२ को सोझो सेटमा स्तब्ध पारेको छ। आज सम्पन्न अन्तिम खेलमा दिप ज्योती क्लब पथरीले २५-१८ र २५-१८ को सोझो सेटमा योसेक उर्लाबारीलाई पराजित गरेको छ।

भोलि १ नम्बर प्रदेश प्रहरी रानी र दिप ज्योती क्लब बिच खेल हुनेछ भने अर्को खेलमा एपिएफ र आयोजक ए भिड्ने छन
मंसिर २९ गते फाइनल हुने प्रतियोगिताको विजेताले ८१ हजार र उपविजेताले ५१ हजार नगद सहितको पुरस्कार प्राप्त गर्ने खेल संयोजक गोविन्द कटुवालले बताउनु भयो ।

सम्बन्धित खवर