अज्ञात समूहद्वारा चार वटा स्काभेटरमा आगजनी - Crazysaptahik.com

अज्ञात समूहद्वारा चार वटा स्काभेटरमा आगजनी


क्रेजी साप्ताहिक खोटाङ । अज्ञात समूहले मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुर दिक्तेल सडक खण्ड मर्मत तथा पिच भइरहेको स्थानमा नै चार वटा स्काभेटरमा आगजनी गरेका छन् । गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको चार वटा स्काभेटरमा आगजनी भएको हो ।

आईतबार राती अज्ञात समूहले लम्सेखोला र पंखु खोलाको बिच भागमा राखेको ३ वटा र चखेवाभन्दा केही मुनि सडक निर्माणस्थलमा रहेको एउटा स्काभेटर अज्ञात समूहले आगजनी गरेको प्रोजेक्ट म्यानेजर इन्जिनियर हिमाल पौडेलले जानकारी दिएका छन । राती १० बजेसम्म पिचको काम गरिहेको अवस्थामा छाडेर गएपछि आगजनी गरिएको उनले जानकारी दिए । स्काभेटर आगजनी भएको स्थानमा प्रहरी पुगेको छ ।

खोटाङमा विप्लव समूहले हरेक सरकारी कर्मचारीलाई महिनाको कम्तिमा २ दिनको तलब र निर्माण व्यवसायीलाई २ प्रतिशत चन्दा बुझाउन ताकेता गर्दै आएका थिए । प्रशासनले स्काभेटरमा विप्लव समूहको नै संलग्नता रहन सक्ने आशंका गरेको छ । स्काभेटर आगजनीबाट चार करोडको क्षति भएको छ भने निर्माण व्यवसायी त्रसित बनेका छन् । स्काभेटरमा आगजनी भएसँगै सडक मर्मत तथा पिचको काम समयमा सम्पन्न नहुने खतरा समेत बढेर गएको छ ।

सम्बन्धित खवर