एलिना दियाली
पथरी । मोरङ पथरीशनिश्चरेमा स्थापित पथरी बहुमुखी क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)ले स्वागत गरेको छ ।
सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई भव्य स्वागत गरेको हो । स्ववियू समितिले क्याम्पसको प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई खादा र अबिर लगाएर स्वागत गरेको हो ।
कार्यक्रमका प्रमुख अथिति एव्म प्रदेश एकका प्रदेश सभा सदस्य शेखचन्द्र थापाले कलेज भनेको नलेज आर्जन गर्ने पवित्र स्थान रहेकोले सबैलाई ज्ञान हासिल गर्न आग्रह गरे । यस्तै गरी बिशिष्ट अथिति नगर प्रमुख दलिप कुमार राईले नगरको गहनाको रुपमा रहेको क्याम्पसलाई आवश्यक सहयोग गर्न सदैब तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख चेतन पौडेलले प्रविधि मैत्री शिक्षालाई क्याम्पसले जोड दिइरहेको बताए । स्ववियु सभापति गोपाल कुमार साँवाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, कविता, गजल प्रस्तुत गरेका थिए ।