लायन्स क्लब अफ पथरीशनिश्चरेद्वारा ट्राफिक रुल नमान्नेलाई चकलेट - Crazysaptahik.com

लायन्स क्लब अफ पथरीशनिश्चरेद्वारा ट्राफिक रुल नमान्नेलाई चकलेट

क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरेमा अवस्थित लायन्स क्लब अफ पथरीशनिश्चरेले सोमबार ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

नगर उप्रमुख यमुना बिष्ट वास्तोलाको प्रमुख आतित्यथामा भएको सो कार्यक्रममा तिब्र गतिमा सवारी साधन चलाउने चालकलाई गति कम गरेर सवारी साधन चलाउन आग्रह गरिएको थियो ।

यस्तैगरी सिटबेल्ट नलगाएका चालकलाई लगाउन, लाईसेन्स नबोक्ने र बिल बुक नबोक्नेलाई आगामी दिनमा बोक्नको लागि आग्रह गरिएको थियो ।
मोटरसाईकल र स्कुटरमा यात्रा गर्दा अनिवार्य रुपमा हेलमेट लगाउन साथै सवारी साधनमा सवार रहेको समयमा मोवाईलको प्रयोग नगर्न आग्रह गर्दै ट्राफिक नियमको पालना गर्नेलाई धन्यवाद ज्ञापन गरी नियमको पालना नगर्नेलाई चक्लेट खुवाईएको थियो ।

ट्राफिक नियमको पालना गरे दुर्घटनालाई कम गर्न सकिने भन्दै नियमको पालना नगर्नेलाई नियम विपरित सवारी चलाउँदा चकलेट खाएको याद होस् भनेर ट्राफिक नियमको पालना नगर्नेलाई चकलेट खुवाईएको क्लबकी अध्यक्ष मञ्जरी घिमिरेले बताईन् ।

सामाजिक क्षेत्रमा काम गर्दै आएको क्लबले डिजी सर्भिस सप्ताह अन्तर्गत आज दास्रो दिनको कार्यक्रम ईलाका कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक लक्ष्मीराज अधिकारी र ट्राफिक प्रहरी प्रमुख मणिराम कोईराला र लायन सदस्यहरुको उपस्थितिमा ट्राफिक सचेतना कार्यक्रम गरिएको हो ।

सम्बन्धित खवर