मेस्सीलाई छैटौं पटक बालोन डी ओर अवार्ड - Crazysaptahik.com

मेस्सीलाई छैटौं पटक बालोन डी ओर अवार्ड

बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेस्सीले छैटौं पटक बालोन डी’ओर अवार्ड आफ्नो पोल्टामा पारेका छन् । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यस अवार्डमा मेस्सी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

मेसीको यो छैटौं बालोन डी’ओर अवार्ड हो । यसका लागि उनले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पारेका हुन् । मेसीले यसअघि सन् २००९, १०, ११, १२ र २०१५ मा यस अवार्ड जितेका थिए । रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।

यस्तै, महिलातर्फ अमेरिकी खेलाडी मेगन रापोनी उत्कृष्ट घोषित भएकी छन् । लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपरको अवार्ड जिते । विश्वभरका फुटबल टिमका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरूको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ ।

सम्बन्धित खवर