क्रेजी साप्ताहिक
इटहरी । १ नम्बर प्रदेशको इटहरीबाट प्रशारण हुँदै आएको एरिना टेलिभिजनले आफ्नो आठौं वार्षिक उत्सवको अवसरमा गर्न लागेको नगरपालिका स्तरीय रात्रीकालिन वाइवाइ एरिना गोल्ड कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।
टेलिभिजनले मंगलबार इटहरीको इम्पेरियल होटलमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी दिएकोे हो । प्रतियोगिता यही मङ्सिर २० गतेदेखि २७ गते सम्म संचालन हुने एरिना टेलिभिजनका प्रवन्ध निर्देशक समिर कार्कीले बताए ।
उक्त अवसरमा निर्देशक कार्कीले इटहरीमा प्रथम पटक आयोजना गर्न लागिएको रात्रीकालीन फ्रेञ्चाइज १ नम्बर प्रदेश नगरपालिका स्तरीय वाइवाइ एरिना गोल्ड कपको लागि टावर निर्माणका साथमा बत्ती जडान तथा खेल मैदानको व्यवस्थापन जस्ता कुराको तयारी पुरा भएको समेत जानकारी दिए ।
उक्त प्रतियोगितामा १ नम्बर प्रदेशका छानिएका ८ वटा नगरपालिकाका टीमले प्रतिस्पर्धा गर्ने बताइएको छ । बिजेता टिमलाई रु १ लाख ५० हजार र उपविजेतालाई ७५ हजार पुरस्कार दिइने निर्देशक कार्कीले जानकारी दिए । एरिना टेलिभिजनले यसअघि पनि खेलकुदको विकासका लागि समय समयमा विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।