मिस पुर्वान्चलको प्रतियोगीहरुलाई प्रशिक्षण व्यस्त - Crazysaptahik.com

मिस पुर्वान्चलको प्रतियोगीहरुलाई प्रशिक्षण व्यस्त

क्रेजी साप्ताहिक
धरान । नेपालआईस मिस पुर्वान्चलको दसौं संस्करणको कलेज एक्टिभेशन तथा अडिसनपछि ४ दिन देखि छानिएका प्रतियोगीहरु धरानमा अवस्थित गोर्खा डिपार्टमेन्टको हलमा प्रशिक्षणमा ब्यस्त छन् ।

प्रतियोगीहरुलाई मिस पुर्वान्चल २०१४ नेमिता आङ्गबुहाङ लिम्बु र मिस पुर्वान्चल २०१६ फस्ट रनर अप इक्सा मादेनले दैनिक ग्रुमिङ क्लास लिइरहेका छन् , ।

यस्तै धरानमा ४ बर्षदेखि एमी मेकअप स्टुडियो चलाउदै आएकी मेकअप आर्टिस्ट निशा लिम्बुले मेकअपको क्लास दिएकी छिन् । झापा विर्तामोडको विवेक फोटोग्राफीका ग्ल्यामर फोटोग्राफर बिबेक पौडेलले फोटोग्राफीको ट्रिक, पोज लगायतका कुराहरु सिकाए ।

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा तथा सिजी ब्रुअरीको मुख्य प्रायोजन, बराह ग्रुपको प्रस्तुति र र ओम शान्ति कम्पनी लिमिटेड सिओल कोरियाको सह (प्रायोजनमा हुने नेपाल आईस मिस पुर्वान्चल २०१९ को सोमबारसम्ममा सम्पूर्ण प्रतियोगीहरूको आत्मविश्वास, अनुशाशन हेरेर पुस ५ गते हुने फिनालेको लागि अन्तिम छनौट गरिनेछ ।

सम्बन्धित खवर