क्रेजी साप्ताहिक । नायिका ऋचा शर्माले आउँदो शनिबार बिहे गर्ने भएकी छिन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएकी हुन् । उनले डिसेम्बर ७ अर्थात् यही मंसिर २१ गते बिहे गर्ने जानकारी मंगबार बिहान गराएकी छिन् ।
ऋचा राजधानीको लबिम मलका म्यानेजर दिपेक्क्ष विक्रम राणासँग लामो समयदेखि प्रेममा थिइन् । यी दुईले आफ्नो प्रेमलाई बिहेमा परिणत गर्न लागेका हुन् ।उनले सामाजिक सञ्जालमा बिहेको मिति सार्वजनिक गर्दै शुभेच्छुकलाई धन्यवाद र आफूहरुलाई बधाई दिएकी छिन् । केही समयअघि ऋचाले पोखरा पुगेर आफ्ना साथीहरुलाई ब्याचलर पार्टी दिएकी थिइन्। ऋचा पछिल्लो समय आफू निर्णायकको रुपमा रहेको कमेडी शो ‘कमेडी च्याम्पियन’मा व्यस्त छिन् । त्यस्तै, उनले फिल्म ‘हिजो आजका कुरा’ को छायांकन पनि सकेकी छन्।