प्रस्तुतिको लागि मेचु धिमाल कोरिया जाँदै - Crazysaptahik.com

प्रस्तुतिको लागि मेचु धिमाल कोरिया जाँदै


क्रेजी साप्ताहिक । गायन बिधाको अन्तर्रा्ष्ट्रिय फ्रेन्चाइज शो ‘द भ्वाईस अफ नेपाल’ बाट चर्चामा आएकी गायीका मेचु धिमाल साङ्गीतिक प्रश्तुतिका लागि कोरिया जाने भएकी छिन् ।

उत्कृष्ट ८ मा पर्न सफल उनी संगै भ्वाइसकै उत्कृष्ट १० सम्म आईपुग्न सफल अर्कि गायिकाको पहिचान बनाउन लागि परेकी अन्जु राना मगरले पनि कोरियाको कार्यक्रममा आफ्नो प्रस्तुती राख्न तम्तयार भएका हुन । कोरियाकोमा ओखलढुंगा सेवा समाज द्वारा आयोजना हुने लाईभ कन्सर्टमा यी २ ले आफ्नो धमाकेदार प्रस्तुति राख्दैछन भने कार्यक्रममा नेपालबाट लोकप्रिय तथा पुरानो ब्यान्ड १९७४ एडि लाई लगिदै छ । यो ब्यान्डले बिशेष प्रस्तुती राख्दै त्यहाका नेपालिहरुलाई मज्जैले झुमाउने छ । सो लाईभ कन्सर्ट सलनालको दोश्रो दिन अर्थात जनवरी २५ मा हुदैछ ।

सम्बन्धित खवर