डीएसपी कुमोद ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी - Crazysaptahik.com

डीएसपी कुमोद ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी


क्रेजी साप्ताहिक काठमाडौँ । नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै बुधबार जिल्ला अदालत काठमाडौँले डीएसपी ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी गरेको हो । प्रहरी प्रधान कार्यालयले डीएसपी ढुंगेललाई गत वैशाखमा पदबाट निलम्बन गरेको थियो ।

गत चैत २६ गते रानीबारीमा भएको लुटपाट तथा चोरी प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डीएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो । प्रहरी अनुसन्धानको क्रममा श्रेष्ठले घटना गराएको दिन डीएसपी ढुंगेललाई भेटेको बयान दिएका थिए । हाल जेलमा रहेका गुण्डा नाइके समीरमान बस्नेतसँग समेत ढुङ्गेलको पटक–पटक सम्पर्क देखिएको प्रहरीको भनाइ छ ।

सम्बन्धित खवर