बुद्ध एयरको पोखरा– विराटनगर सिधा उडान हुने - Crazysaptahik.com

बुद्ध एयरको पोखरा– विराटनगर सिधा उडान हुने

काठमाडौं । बुद्ध एयरले क्षेत्रीय उडान बिस्तारका रुपमा बिराटनगर–पोखरा सिधा उडानको तयारी गरेको छ ।

कम्पनीका अनुसार आगामी ३ फेब्रुअरी २०२० बाट यस रुटमा सिधा उडान हुने भएको हो । अब विराटनगरका यात्रु पोखरा जान काठमाडौं आइरहने झण्झट हट्ने भएको छ । पोखराका यात्रु पनि काठमाडौं नआइ सिधै विराटनगर जान सक्ने भएका छन् ।

बुद्धले यसअघि भैरहवा(पोखरा र पोखरा भरतपुरमा उडान बिस्तार गरिसकेको छ । बुद्ध एयरका अनुसार यस रुटमा साताको तीन उडान हुने भएको छ । सोमबार, बुधबार र शुक्रबारका लागि यस रुटमा उडान राखिएको छ । पोखराबाट पौने १२ बजे उड्ने जहाज विराटनगरबाट १ स् २० मा पोखराका लागि उड्न गरी समय निर्धारण गरिएको छ ।

भ्रमण वर्षको प्रारम्भमै हुने क्षेत्रीय उडानले आम यात्रुसँगै पर्यटकलाई समेत सुविधा पुग्ने अनुमान गरिएको छ ।

– अनलाइनखबरबाट

सम्बन्धित खवर