महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सुन्दरहरैंचामा विविध कार्यक्रम - Crazysaptahik.com

महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सुन्दरहरैंचामा विविध कार्यक्रम


क्रेजी साप्ताहिक सुन्दरहरैचा । १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मोरङको सुन्दरहरैचा नगरपालिकाले विविध कार्यक्रम गरि मनाएको छ । ‘गाउँ नगरमा महिला स्वास्थ्य स्वयंसेविका , स्वास्थ प्रवर्धनमा अहम भुमिका’ भन्ने नाराका साथमा नपाको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको अवसरमा नगरमा रहेका स्वास्थ्य स्वयं सेविकाहरु लामबद्व रुपमा हातमा प्लेकाड बोकेर संपूर्ण महिला स्वास्थ्य स्वयं सेविकाहरु एक हौ भन्दै नगर परिक्रमा गरेका थिए । कार्यक्रममा स्वास्थ्य स्वयं सेविकाहरुले स्वस्थ्य सम्बन्धी संन्देश मूलक गीतहरु समेत प्रस्तुत गरेका थिए । सोही अवसरमा नगरमा रहेर ५ वटा स्वास्थ्य चौकीलाई कार्यक्षेत्र बनाएर उत्कृष्ट कार्य गर्ने ५ जना स्वास्थ्य स्वंय सेविकाहरुलाई अविर फूलमालाका साथमा प्रशंसापत्र प्रदान गरेर सम्मान गरिएको थियो । सम्मानित हुने स्वास्थ्य स्वंय सेविकाहरुमा राधा राई सुन्दरपुर , सवरवति चौधरी दुलारी , रिता ढकाल मृगौला , सुशिला सिं हरैंचा तथा विष्णु कार्की इन्द्रपुर स्वास्थ्य चौकी रहेका छन ।

नगरको १२ वटै वडाका ४५ जाना महिला स्वास्थ्य स्वंय सेविका , वडाध्यक्ष , स्वास्थ्य शाखाका प्रमुख , संचारकर्मी लगायतको सहभागितामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मछिन्द्र बस्नेतले स्वागत तथा कार्यक्रम माथी प्रकाश पारेका थिए । सुन्दरहरैंचा नपाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहालले सुन्दरहरैंचा नपामा १ वटा प्राथमिक स्वास्थ्य केन्द्र हरैंचामा रहेको दुलारी, मृगौला , सुन्दरपुर, इन्द्रपुरमा गरि ४ वटा स्वास्थ्य चौकी कार्यरत भएको जानकारी गराउँदै चिरम स्मृति प्रतिष्ठान र त्रिवेणी गरि २ वटा शहरी स्वास्थ्य केन्द्र सुन्दरहरैंचा नपामा रहेकोले महिला स्वास्थ्य स्वंय सेविकाहरुको यस नगरमा महत्त्वपूर्ण भुमिका साथमा निःस्वार्थ रुपमा कार्यरत रहेको बताए ।

१६ औ महिला स्वास्थ्य स्वंय सेविका दिवसको अवसरमा भएको सो कार्यक्रममा मृगौलीया स्वास्थ्य चौकीका प्रमुख माधव रेग्मी , इन्द्रपुर स्वास्थ्य चौकीका प्रमुख लिलामणि दाहाल , वडाध्यक्ष विशमलाल चौधरी , कार्यक्रमका सभापति नगर उपप्रमुख धनमाया तामाङ लगायतले महिला स्वास्थ्य स्वंय सेविकाको भुमिका र आवश्यकताको वारेमा मन्तव्य व्यक्त गरेका थिए । नेपाल सरकारबाट अहिले राष्ट्रिय दिवसका रुपमा मनाउंने गरेको स्वंय सेविका दिवस नेपालमा भने २०४५ साल देखी स्वंय सेविकाहरु राख्न थालिएको थियो । २७ जिल्लाबाट शुरु भएको स्वंय सेविका हाल ७७ जिल्लामा गरि ५१ हजार ४ सय २३ जाना कार्यरत छन। यो दिवस नेपालको ७ सय ५३ स्थानमा मनाउँने गरिएको छ ।

पूर्वेली न्यूवबाट

सम्बन्धित खवर