क्रेजी साप्ताहिक । मोरङको कटहरी गाउँपालिका–१ मा शुक्रबार बिहान एक बेवारिसे शव फेला परेको छ । हटिया लाग्दै आएको खुल्ला चउरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । अन्दाजी ५०÷६० वर्ष र मधेसी मुलको जस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा लगिएको छ ।
मृत्यु भएका पुरुषको कुनै पहिचान नभएका कारण घटनास्थलको मुचुल्का उठाउँदै शव पोस्टमार्टमका लागि लगेर अनुसन्धान अघि बढाइएको अधिकारील्े बताए । अत्यधिक मदिरा सेवन गरेका कारण गन्तव्यसम्म पुग्न नसक्दा खुल्ला चउरमा सुतेको र चिसोले कठ्याङ्ग्रिएर त्यहीं मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।