पिकनिकका लागि हिँडेको बस दुर्घटना हुँदा १३ जना घाइते - Crazysaptahik.com

पिकनिकका लागि हिँडेको बस दुर्घटना हुँदा १३ जना घाइते

क्रेजी साप्ताहिक
झापा । पिकनिकका लागि हिँडेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । पूर्वापश्चिम राजमार्ग अन्तरगत बिर्तामोड सडक खण्डको रेखा पुल नजिकै आज विहान भएको सो बस दुर्घटनामा परी उनीहरु घाइते भएका हुन् । बनभोजका लागि झापाको दमकबाट इलामको कन्याम हिँडेको ना ६ ख ६१८१ नम्वरको वस दुर्घटनमा परेको हो । दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा वसका सह चालक मोरङ पथरी – १ निवासी ३० वर्षीय विकास लिम्बू सहित दमक – १० निवासी २७ वर्षीय सन्तोष खड्का , सोही ठाउँ निवासी १९ वर्षीय पवन खड्का, उर्लावारी – ३ निवासी १७ वर्षीया स्मृति धिमाल रहेका छन् ।त्यस्तै दुर्घटनामा परी दमक १० निवासी १४ वर्षीय अभय धिमाल, मोरङ उर्लावारी ७ निवासी २२ वर्षीया माया घिमाल, दमक – १० निवासी १८ वर्षीया विविशा धिमाल, सोही ठाउँ निवासी १९ वर्षीया विनिता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का रहेका छन् ।

सम्बन्धित खवर