किरणसिंह बोगटीले म्याराथनमा जिते स्वर्ण पदक - Crazysaptahik.com

किरणसिंह बोगटीले म्याराथनमा जिते स्वर्ण पदक


क्रेजी साप्ताहिक । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा स्वर्ण पदक हात पारेको छ । किरणसिंह बोगटीले पुरुषतर्फको स्पर्धामा नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।

यस स्पर्धामा भारतीय खेलाडी दोस्रो र तेस्रो हुँदै रजत र कास्य पदक जिते । यहि प्रतियोगितामा नेपालका टीका बोगटीले सन् १९९५ मा स्वर्ण जितेका थिए । त्यसपछि १३ औं सागमा किरण बोगटीले नेपाललाई स्वर्ण दिलाएका हुन् । साग खेलकुदमा सबैभन्दा कम समयमा म्याराथन दौड जितेको रेकर्ड भने बैकुण्ठ मानन्धरको नाममा छ । उनले सन् १९८७ मा २ घण्टा १५ मिनेट ३ सेकेण्डमा निर्धारित दुरी पार गरेर रेकर्ड राखेका छन् । बैकुण्ठ मानन्धरले १९८४ र १९८५ मा पनि म्याराथन दौड जितेका थिए ।

सन् १९९५ मा मद्रासमा आयोजित साग प्रतियोगितामा नेपालका टीका बहादुर बोगटीले म्याराथन दौडमा स्वर्ण जितेका थिए । सन् २०१० मा ढाकामा आयोजित सागमा नेपालका राजेन्द्रसिंह भण्डारी पहिलो भए पनि डोपिङमा परेपछि उनले पदक गुमाएका थिए ।

सम्बन्धित खवर