शिक्षाविद सिएम कन्दङ्वाको स्मृतिग्रन्थ लोकार्पण - Crazysaptahik.com

शिक्षाविद सिएम कन्दङ्वाको स्मृतिग्रन्थ लोकार्पण


क्रेजी साप्ताहिक
धरान । सीएम कन्दङ्वाको स्मृतिग्रन्थ लोकार्पण शुक्रबार धरानमा गरिएको छ । कन्दङ्वा परिवारले प्रकाशित गरेको उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लोकार्पण गरेका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती सहित प्रा.डा. गोविन्दराज भट्टराई, नेपाली कांग्रेसका पूर्व सांसद डिल्ली सिटौला लगायतले चर्चा परिचर्चा गरेका थिए । लामो समयसम्म शिक्षण पेशामा सक्रिय कन्दङवा माक्र्सवादी राजनितिमा पनि सक्रिय थिए । वि.सं. १९८१ मा दार्जि्िलङमा जन्मिएका कन्दङ्वाले ३ वटा उपन्यास र २ वटा कथासंग्रह समेत प्रकासित रहेका छन् । कन्दङ्वा ६ वटा भाषाका ज्ञाता समेत रहेका थिए । सीएम कन्दङ्वाको जीवनलाई जिवन्तता प्रदान गर्नको लागि स्मृतिग्रन्थ प्रकाशन गरिएको कन्दङ्वा परीवारले बताएका छन् ।

सम्बन्धित खवर