ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि कोहलपुर तनावग्रस्त - Crazysaptahik.com

ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि कोहलपुर तनावग्रस्त


क्रेजी साप्ताहिक बाँके । ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि अहिले बाँकेको कोहलपुर तनाबग्रस्त बनेको छ । आज बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दको मृत्यु भएको थियो ।

घटना लगत्तै विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर पनि भएको छ । प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।

सम्बन्धित खवर