सडक मर्मतको माग गर्दै चक्काजाम - Crazysaptahik.com

सडक मर्मतको माग गर्दै चक्काजाम


क्रेजी साप्ताहिक सुन्दरहरैचा । सडक मर्मत नभएको भन्दै सुन्दरहरैचा वडा नम्वर ४ र ५ का स्थानीय बासिन्दा आन्दोलित बनेका छन् । लामो समय देखी सडक मर्मत नगरेको भन्दै स्थानीयले शनिबार देखि सांकेतिक रुपमा १५ मिनेट सडकमा अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएको बताएका छन् । लामो समयदेखी सुन्दरहरैचाको ४ नम्वर र ५ नम्वर वडामा पर्ने बाँसबारी चौकमा पुर्व पश्चिम राजमार्ग भत्कीएको छ ।

भत्केको राजमार्गमा सवारी दौडिदा दैनिक साना दुर्घटना भएको र धुलोको कारण छेउ छाउमा वसी नसक्नु भएको कारण आफुहरु आन्दोलीत हुनु परेको स्थानीयको भनाई छ । स्थानीयले पटक पटक सडक डिभिजन कार्यालय बिराटनगर लाई ध्यानाकर्षण गराएको भए पनि कुनै सुनुवायी नभएको कारण आफुहरु आन्दोलीत हुनु परेको बताएका छन् । दुई बर्ष अघि आएको बाढीले बगाएको सडक आज सम्म सामान्य मर्मत सम्म नहुँदा स्थानीय आर्जित भएका छन । पुर्व पश्चीम राजमार्ग भएको कारण दैनिक हजारौंको संख्यामा सवारी साधन कुद्ने सडकको झण्डै पाँच सय मिटर सडक दयनिय अवस्था रहेको छ ।

स्थानीयको दवाव परेको कारण केहि महिना सडक डिभिजन कार्यालय बिराटनगरले पानी छयापे पनि अहिले त्यो पनि बन्द गर्दा स्थानीय आक्रोशित भएका छन् । उनिहरुले दैनिक रुपमा १५ मिनेट बाट बढाउदै गाडी बन्द गरी आन्दोलन गर्ने जानकारी गराएका छन् । यता सडक डिभिजन कार्यालयले भने यसको बिषयमा कुनै प्रतिक्रिया दिन मानेको छैन ।

पूर्वेली न्यूजबाट

सम्बन्धित खवर