चासोक तङनामको उद्घाटन आज,उद्घाटनको अवसरमा भलिबल प्रतियोगिता हुने - Crazysaptahik.com

चासोक तङनामको उद्घाटन आज,उद्घाटनको अवसरमा भलिबल प्रतियोगिता हुने


क्रेजी साप्ताहिक पथरी । लिम्बु जातिहरुको प्रमुख पर्व चासोक तङ्नाम (उँधौली पर्व) को अवसरमा आजबाट मोरङको पथरीशनिश्चरेमा विविध कार्यक्रम हुने भएको छ । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगरसमिति र सिरिजङ्गा स्मृति धार्मिक वन समितिको संयुक्त आयोजनामा मङ्सिर आज देखि २६ गतेसम्म पर्व मनाउन लागेको हो । आज नगरप्रमुख दिलिपकुमार राईले सो पर्वको उद्घाटन गर्नेछन् ।

पर्वको अवसरमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, धनुष–वाण हान्ने, छेलो, लङ्जम्प प्रतियोगिता राखिएको किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगरसमिति सचिव विक्रम लिम्बूले बताए । कार्यक्रममा लिम्बू समुदायको माङ्लाङ, केलाङ, येवालाङ, हाक्पारे ख्याली प्रस्तुत हुने र गायक ताराप्रकाश लिम्बूलगायत कलाकारहरूको प्रस्तुतिमा साङ्गीतिक मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजक समितिका अध्यक्ष पर्शुराम चोङ्बाङले बताए । कार्यक्रमको समापनमा १ नम्बर प्रदेशका आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो लिम्बू प्रमुख अतिथि रहने आयोजकले जानकारी दिएको छ । पथरीशनिश्चरे–१० स्थित सिरिजङ्गा स्मृति वनमा हुने कार्यक्रममा रोटेपिङलगायतका मनोरञ्जनात्मक खेल हुने बताइएको छ ।

कार्यक्रम उद्घाटनको दिन (आज) भलिबल प्रतियोगिता हुने भएको छ । पुरुष तर्फको भलिबल प्रतियोगिताका विजेताले नगद ५५हजार र उपविजेताले ३५ हजार तथा महिलातर्फको मा विजेताले ३५ हजार र उपविजेताले २५ हजार सहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका उपाध्यक्ष सन्तोष सेरेङले जानकारी दिए ।

सम्बन्धित खवर