क्रेजी साप्ताहिक
विराटनगर । महानगरपालिका वडा नंवर ६ का वडा अध्यक्षले आत्महत्या प्रयास गरेका छन् । बिष सेवन गरी वडाध्यक्ष विजय कामतले आत्महत्या प्रयास गरेका हुन् । आइतबार साँझ विष सेवन गरेका कामतको विराट नर्सिङहोममा उपचार भइरहेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।
अस्पताल स्रोतका अनुसार कामतको अवस्था गम्भीर छ । आईसीयूमा राखेर उनको उपचार भइरहेको छ । कामतले किरा मार्ने औषधि सेवन गरेर आत्महत्याको प्रयास गरेको बताइएको छ । कामत तत्कालिन माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । जनप्रतिनिधिले आत्महत्या प्रयास गरेको सूचना प्रहरीमा पनि पुगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार वडा अध्यक्षले आत्महत्या प्रयास गरेको मौखिक जानकारी पाएको बताए ।