विवाहमा साढे दुई किलो प्याज उपहार - Crazysaptahik.com

विवाहमा साढे दुई किलो प्याज उपहार

क्रेजी साप्ताहिक एजेन्सी ।
एक जोडी नवदम्पतिलाई विवाहको उपहारस्वरुप स्वरुप प्याज दिइएको छ । भारतको तिमलनाडुको कुड्डालोरमा एक जोडीलाई विवाहको उपहारस्वरुप प्याज दिइएको हो ।

नवविवाहित शाहुल र सबरिनाको विवाहमा शाहुलका साथी जी चेतनसहित ६ साथीले साढे दुई किलो प्याज उपहारस्वरुप दिएका हुन् । दुलहा र उनका परिवारले विवाहमा बिरयानीसँग प्याज हालिएको रायता सर्भ गर्न चाहन्थे तर यसको मूल्य धेरै भएका कारण यस्तो गर्न सकेनन् । प्याज नपाएका दुलहाका परिवारले काँक्रोको रायता बनाउने निर्णय गरेपछि आफूहरुले प्याज उपहारस्वरुप प्रदान गरेको चेतनले बताए । पाँचसय भारुमा खरिद गरि उपहार दिइएको साढे दुई किलो प्याजको अत्यधिक चर्चा भएको छ । रिसेप्सनको क्रममा प्याज उपहार दिएको देखेर आफू अचम्मित भएको दुलहा शाहुलले बताए ।

 

पूर्वेली न्यूजबाट

सम्बन्धित खवर