आफ्नै बाबुको हत्या आशंकामा आमा–छोरा पक्राउ - Crazysaptahik.com

आफ्नै बाबुको हत्या आशंकामा आमा–छोरा पक्राउ


क्रेजी साप्ताहिक सुर्खेत । आफ्नै बाबुको हत्या आशंकामा आमा–छोरालाई प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका–२ मालनेटाबाट पक्राउ गरेको छ । सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशंकामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मंगलबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईंले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको जानकारी दिए । ‘घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको छ,’ उनले भने, ‘अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो, अनुसन्धान हुँदैछ ।’

सम्बन्धित खवर