सागमा भ्रष्टाचार भएको भन्दै मन्त्रीलाई बर्खास्त गर्न तरुण दलको माग - Crazysaptahik.com

सागमा भ्रष्टाचार भएको भन्दै मन्त्रीलाई बर्खास्त गर्न तरुण दलको माग


क्रेजी साप्ताहिक । खेलकुद परिषदका सदस्य सचिव एवंम् खेलकुदमन्त्रीलाई बर्खास्त गर्न तरुण दलले माग गरेको छ । १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा भ्रष्टाचार गरेको आरोप लगाउँदै बुधबार एक विज्ञप्ति मार्फत छानविनको माग गरेको हो । साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा सुविधामा भ्रष्टाचार गरेको आरोप लगाउँदै तरुण दलले लगाएको छ ।

‘साग खेलकुदको टिकट बेच्ने जिम्मा (बिना टेण्डर) गरेको ईसेवाले टिकट विक्रि वितरणमा ठगी धन्दा सञ्चालन गरेको छ ।’ तरुण दल अध्यक्ष जीतजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तराष्ट्रिय स्तरको खेलकुदमा जित्ने खेलाडीलाई पुरानो साइकलबाट प्रतिस्पर्धामा भाग लिन बाध्य पार्नुलाई ध्यान नदिई दौरा सुरुवाल खरिद गर्न्तिर ध्यान दिनु लज्जास्पद हो।’ त्यस्तै तरुण दलले सागमा स्वर्ण विजेतालाई २५ लाख, रजत विजेतालाई १५ लाख र कास्य पदक विजेतालाई १० लाख रुपैयाँ पुरस्कार दिन माग गरेको छ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.