हात्तीको आक्रमणबाट २ जनाको मृ्त्यु, ४ घाइते - Crazysaptahik.com

हात्तीको आक्रमणबाट २ जनाको मृ्त्यु, ४ घाइते


क्रेजी साप्ताहिक
कञ्चनपुर । हात्तीको आक्रमणबाट महाकाली नगरपालिका २ मा २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा स्थानीय ३८ वर्षीया वसन्ती भट्ट र ४५ वर्षकी भुरीदेवी बोहरा रहेका छन् । त्यस्तै हात्तीको आक्रमणबाट घाइते हुनेहरुमा सरिता ओझा, उमादेवी साउद, ललिता बोहरा र सुनिता विष्ट रहेका छन् ।

घाइतेमध्ये २ जनाको महाकाली अस्पताल र २ जनाको भारतको एक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हात्तीको आक्रमण गर्दा त्रासका कारण केही व्यक्ति हराइरहेकाले उनीहरुको अहिले खोजी भइरहेको छ । खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीय खटिएका छन् । आक्रमण गर्ने ३ वटा हात्तीलाई बिहान लखेटिएको स्थानीय बासिन्दाले बताएका छन् ।

सम्बन्धित खवर