एकैरात दुई वडा कार्यालयमा आगजनी - Crazysaptahik.com

एकैरात दुई वडा कार्यालयमा आगजनी


क्रेजी साप्तहिक भोजपुर । भोजपुरका दुई गाउँपालिकाका २ वटा वडा कार्यालयमा आगजनी गरिएको छ । अज्ञात समुहले रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिए । रामप्रसादराई–२ को कार्यालय भने पूर्णरुपमा ध्वस्त रहेको स्थानीयवासीले बताएका छन् । घटनाको जानकारी पाउनासाथ प्रहरी सो स्थानतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए । घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको बताइएको छ ।

सम्बन्धित खवर